७ जेष्ठ २०८१, सोमबार

पीडितको गुनासो– दुई वर्ष पुग्दा पनि सहमति कार्यान्वयन भएन



धनगढी । २०७५ साल चैत ७ गते धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सुत्केरीपछि धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की रेखा थापाको उपचारका क्रममा मृत्यु भयो । उनको मृत्युपछि आफन्त आन्दोलित भए । आन्दोलनमा उत्रिएका आफन्त अस्पताल प्रशासनले वार्ताका माध्यमबाट समस्या समाधानको प्रयास गर्‍यो ।

वार्ताका क्रममा २०७५ चैत ८ गते नवजात शिशुको निःशुल्क उपचार गर्ने, प्रदेश सामाजिक विकास मन्त्रालयले बच्चाको शिक्षादिक्षाको व्यवस्था गर्ने, बच्चाको पालनपोषणका लागि सुदूरपश्चिम पदेश मन्त्रीपरिषदमा प्रस्ताव लैजाने र बच्चा २४ वर्ष हु“दासम्म अस्पतालमा निःशुल्क उपचार गर्ने लगायतका पा“च बु“दे सहमति भएको थियो । तर, सामाजिक विकास मन्त्रालयले गरेको सहमतिअनुसार काम नभएको आफन्तको गुनासो छ ।

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर हेमराज पाण्डे, सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख दयाकृष्ण पन्त, धनगढी नगर प्रमुख नृपबहादुर वड र वडा नम्बर १२ का अध्यक्ष गणेश प्रसाद जोशी लगायतको रोहबरमा सो सहमति भएको थियो । सहमतिपछि आफन्तले मृतक रेखाको अन्त्येष्टि गरेका थिए ।

सहमति भएको साढे दुई वर्ष पुग्न लागेको छ । रेखाका छोरा डेविट २८ महिनाका भइसके । तर, रेखाका परिवारले अहिलेसम्म सरकारबाट सहमति अनुसारको कुनै सुविधा पाउन सकेका छैनन् ।

स्वर्गीय रेखाका श्रीमान जयबहादूर थापाले गुनासो गरे– मेरी श्रीमतीको उपचारकै क्रममा मृत्यु भइसकेको रहेछ । तर, यहाका चिकित्सकहरूले अघिल्लो दिन सामान्य अवस्था छ भने । अर्कोदिन एक्कासी जण्डिस भयो भनेर हामीलाई अल्मल्याउन खोजे । हामीले अन्तयत्र रेफर गर्न भन्यौं । श्रीमतीलाई नेपालगन्ज लग्यौं, तर उनको यतै सास गइसकेको रहेछ ।

जयबहादुरले आन्दोलन गरेपछि निष्पक्ष छानबिन गर्ने, बच्चाको निःशुल्क उपचार गर्ने र प्रदेश सरकारले बच्चाको पालनपोषण र शिक्षाको जिम्मेवारी बहन गर्ने भन्नेमा सहमति भएको बताए । उनले भने– तर, अहिलेसम्म न त केसको छानबिन भयो, न पालनपोषणका लागि सामाजिक बिकास मन्त्रालयबाट काम नै भयो । हामीलाई त्यतिखेर घर पठाउने काम मात्रै भयो ।

त्यतिवेला भएको सहमतिपत्र देखाउँदै उनले भने– नगर प्रमुख, सेती अस्पतालका डाक्टर, सामाजिक मन्त्रालयका कर्मचारीहरूको रोहबरमा सहमति भएको छ, तर खै यो सहमति अनुसार काम भएको ?’

उनले अहिलेसम्म स्वास्थ्य बिमाबाट छोराको उपचार भइरहेको बाहेक अन्य केही पनि नभएको बताए ।

मृतक रेखाका ससुरा मोतिसिंह थापाले पनि नातीको पालनपोषण र पढाइको जिम्मेवारी लिएको सामाजिक विकास मन्त्रालयमा आफूले धेरै दिन धाएको बताए । ‘त्यतिवेलाकास्वास्थ्य महाशाखा प्रमुख दयाकृष्ण पन्त र अस्पताल शाखा प्रमुख डाक्टर चेतराज जोशीले एउटा फायल बनाइदिएका थिए । तर, पन्तको सरुवा र जोशीको महाशाखा फेरिएसंगै फायल नै गायब भयो’ उनले भने– पछि धेरै खोजेपछि बल्ल फायल मिल्यो । फायल त मिल्यो तत्कालिन सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीबाट पनि आश्वासन त पायौं, तर काम भएन ।

यसबारे मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डाक्टर जगदीश जोशीले आफूलाई सोबारे जानकारी नभएको बताए । उनले भने– मन्त्रालयबाट केही भएको जस्तो मलाई लाग्दैन । अस्पतालले सम्झौता गरेकोले अस्पताललाई नै जानकारी होला ।

स्वास्थ्य महाशाखाका तत्कालीन प्रमुख पन्तले आफुहरूले टिप्पणी उठाएर मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पठाएको बताए । उनले भने– हामीहरूले टिप्पणी उठाएर मन्त्रीपरिषदको कार्यालयमा पठाएका थियौं । त्यसपछि मेरो सरुवा भयो । त्यसपछि त्यो प्रक्रिया के भयो भन्ने मलाई जानकारी भएन ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले अर्थिक मामिला मन्त्रालयले सहमति नदिएका कारण प्रक्रिया अघि बढ्न नसकेको बताए । उनले भने– सहमति भयो । टिप्पणी पनि उठ्यो, तर कानुन नहुँदा मन्त्रालयले फाइल फिर्ता पठायो ।

यस्तो थियो घटना

२०७५ साल चैत्र ७ गते धनगढीको सेती प्रादेशिक अस्पतालमा सुत्केरीपछि धनगढी १२ की रेखा थापाको उपचारकै क्रममा मृत्यु भएको थियो सामान्य अवस्थामै सुत्केरी भएकी रेखाको उपचारमा चिकित्सकहरूबाट लापरबाही भएको भन्दै उनका आफन्तले अन्यत्र रेफरको माग गरे । उनलाई नेपालगन्ज रेफर गरिएको थियो । सेती अस्पतालमा नै अन्तिम अवस्थामा पुगिसकेकी रेखालाई नेपालगन्ज पु¥याएपछि त्यहाको चिकित्सकले उनको मृत भइसकेको बताए ।

सेती प्रादेशिक अस्पतालले मरिसकेको शवलाई रेफर गरेको भन्दै मृतक रेखाका आफन्तहरूले शवलाई सेती अस्पतालमा नै राखेर शुरु गरे । आन्दोेलनका क्रममा पीडित पक्ष र अस्पताल प्रशासन, सामाजिक विकास मन्त्रालयका अधिकारी, धनगढी नगर प्रमुखबीच भएको वार्ताबाट पाच बुदे सहमति भएपछि आफन्तहरूले रेखाको अन्तिम दाहसंस्कार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार