१० श्रावण २०८१, बिहीबार

धनगढी-गोदावरी साईकल -याली २०७८



धनगढी  । धनगढी-गोदावरी साईकल -याली २०७८ सम्पन्न भएको छ । सुदूरपश्चिमका लागि प्रित टयाक्टरको आधिकारीक बिक्रेता  आरडि कालिका सप्लायर्स प्रालि धनगढीको आयोजनामा  साईकल  -याली सम्पन्न  भएको हो ।

स्वास्थ्य जीवन वातावरण संरक्षण तथा प्रवद्धृनका लागि साईक्लिङ्ग भन्ने नाराका साथ साईकल -यालीको आयोजना  गरिएको हो ।  सो कार्यक्रमलाई प्रित ट्रयाक्टर सुदूरपश्चिम प्रदेश धनगढीले प्रायोजन गरेको थियो भने फारवेस्र्टन राईडर्स क्लब एवं धनगढी उपमहानगरपालिकाको सहयोग र समन्वयमा साईकल  -याली सम्पन्न भएको आयोजकले जनाएको छ ।

शनिबार बिहान ७ बजे धनगढीको चौराहाबाट अत्तरीया  हुदै गोदावरीसम्म  -यालीको आयोजना भएको फारवेस्र्टन राईडर्स क्लबका अध्यक्ष भरत शाहले बताए ।  गोदावरीको पिकनिक क्षेत्रमा गरेकपुगेपछि सरसफाई गरेको आरडि कालिका सप्लायर्स प्रालिका प्रबन्धक दीपक ढुगानाले बताए ।

पछिल्लो पटक पर्यटकको संख्यामा वृद्धि भएसगै गोदावरी क्षेत्रको पिकनिक स्पट फोहोर भएकोले पनि सरसफाई गरिएको जनाएको छ । सो साईकल -यालीमा  धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वड, साईकल यात्री पुस्कर शाह,ओलम्पियन दिपक विष्टको समेत सहभागिता रहको थियो ।

साईकल   -यालीमा सहभागि साईलरहरुलाई प्रमाण पत्र सहित सम्मान गरेको छ । साईकल  -यालीको अवसरमा डडेल्धुरको पर्शुराम नगरपाललिकाका शेर  बोहराले प्रित ट्रयाक्टर खरिद गरेका छन । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार