१० श्रावण २०८१, बिहीबार

धनगढी-गोदावरी साईकल -याली २०७८ हुने



धनगढी,२२ साउन । साउन २३ गते शनिबार धनगढी-गोदावरी साईकल -याली २०७८ हुने भएको छ । आरडि कालिका सप्लायर्स प्रालि धनगढीको आयोजनामा हुन लागेको शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

स्वास्थ्य जीवन वातावरण संरक्षण तथा प्रवद्धृनका लागि साईक्लिङ्ग भन्ने नाराका साथ साईकल -यालीको आयोजना हुन लागेको हो । सो कार्यक्रमलाई प्रित ट्रयाक्टर सुदूरपश्चिम प्रदेश धनगढीले प्रायोजन गरेको छ भने फारवेस्र्टन राईडर्स क्लब एवं धनगढी उपमहानगरपालिकाको सहयोग र समन्वयमा साईकल-याली हुन लागेको आयोजकले जनाएको छ ।

फारवेस्र्टन राईडर्स क्लबका अध्यक्ष भरत शाहका अनुसार शनिबार बिहान ७ बजे धनगढीको चौराहाबाट सुरु भएर गोदावरी पुग्ने जनाएको छ । त्यहाँ पुगेपछि गोदावरी क्षेत्रको सरसफाई गर्ने कार्यक्रम समेत तय भएको उनले बताए ।

पछिल्लो पटक पर्यटकको संख्यामा वृद्धि भएसगै गोदावरी क्षेत्रको पिकनिक स्पट फोहोर भएकोले पनि सरसफाई गर्ने कार्यतालिका रहेको जनाएको छ । सो साईकल -यालीमा विश्व साईकल यात्री पुस्कर शाह,ओलम्पियन दिपक विष्टको समेत सहभागिता रहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार