१३ बैशाख २०८१, बिहीबार

कैलालीमा थप  दुई वटा विओपी स्थापना



धनगढी । सुरक्षाको दृष्टिकोणले संवेदनशील सूचीमा रहेको कैलालीमा थप  दुई वटा विओपी स्थापना भएका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टरले दिएको जानकारी अनुसार  धनगढी उपमहानगरपालिकाको १९ नम्बर वडाको लल्पिुर र भजनि नगरपालिकाको ५ को पगियापसारमा आइतबार विओपी स्थापना गरिएको छ ।

सो विओपीको ७ नम्बर वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी बरिष्ट उपरीक्षक सुरेश कुमार श्रेष्ठले उद्घाटन गरेका हुन् । विओपी स्थापना भएपछि थप जिल्लाको सीमा सुरक्षा, अपराध नियन्त्रण र अवैध चोरी निकासी नियन्त्रण गर्न विओपि स्थापना पछि थप सहज हुने श्रेष्ठले बताए ।

१०१ किलोमिटर खुल्ला सीमा क्षेत्र रहेको कैलाली जिल्लामा यस अघि ७ वटा नयाँ सहित १८ ओटा विओपी रहेका छन्।जिल्लामा थप विओपिको संख्या बढाउदै लैजाने सशस्त्र प्रहरी बल ३४ नम्बर हेडक्वार्टर कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार