१५ चैत्र २०८०, बिहीबार

भजनी नगरपालिकाका बाढी पीडितलाई राहत वितरण



धनगढी । कैलालीको भजनी नगरपालिकाका बाढी पीडितलाई राहत वितरण गरिएको छ । टिकापुरका युवा समाजसेवी सुरेश बोहराले भजनी नगरपालिका–५ लालबोझी र ७ हिम्मतपुरका २६ घरपरिवार लाई राहत वितरण गरेका हुन् । उनले केही दिन अघिको बाढीले विस्थापितहरूलाई दाल, चामल, नुन, तेल,  र चाउचाउ वितरण गरेका हुन् ।

समाज सेवी बोहोराले बाढी पिडीतलाई खाद्यान्न वितरणले थोरै भएपनि राहत मिल्ने बिस्वास गरेका छन् ।  उनले बाढीबाट विस्तापितहरुको अवस्था दयनिय रहेकाले स्थानीय, प्रदेश र संघीय सरकारसँगै सरोकारवालाहरू लाई सहयोग गर्न आव्हान गरेका हुन् । 

विस्थापित परिवारले अहिले सम्म कहीँ कतै बाट पनि राहत नपाएको गुनासो गरेका छन् । बोहोराले गरेको सहयोगले केही दिनको छाक टार्न सजिलो हुने बाढी पीडितहरुको भनाइ छ । बाढी प्रभावितहरू हुलकी सडकमा त्रिपालमुनि बसिरहेका छन् । बोहराले यस अघि निषेधाज्ञाका बेला पनि विपन्न परिवारलाई राहत वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार