१५ बैशाख २०८१, शनिबार

लायन्स क्लब अफ धनगढीद्वारा बृक्षारोपण



धनगढी

लायन्स क्लब अफ धनगढीले धनगढी ७ स्थित ऋषिकेश धार्मिक बनमा बृहत बृक्षारोपण गरेको छ ।

आईतबार लायन्स क्लब अफ धनगढीका अध्यक्ष शारदा रेग्मीको अध्यक्षता तथा धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडको प्रमुख आतिथ्यतामा ऋषिकेश धार्मीक बनमा बिभिन्न प्रजातीका ५ सय भन्दा बढी बिरुवा रोपिएको हो ।

 कार्यक्रममा मेयर वडले लायन्स क्लबले गरेको बृक्षारोपणको प्रशंसा गरे । उनले अहिले रोपिएका बिरुवाको संरक्षण गर्ने दायित्व समुदायको रहेको बताए ।

 सो अबसरमा भिडिजी लायन्स क्लब ईन्टरनेशनल ३२५ बि २ का सिबी चन्द संगै लायन्स लिडरहरु, बन समितिका अध्यक्ष तथा पदाधिकारी, पत्रकार महासंघका केन्द्रिय सदस्य भरत शाह, जिल्ला अध्यक्ष हिमाल जोशी लगायतले बिरुवा रोपेका छन ।

 एक सदस्य ११ बिरुवा भन्ने अभियान अन्तर्गत बृक्षारोपण गरिएको अध्यक्ष शारदा रेग्मीले बताईन । उनले बिभिन्न सामाजिक अभियान अन्तर्गत नै यो कार्यक्रम पनि रहेको बताईन । कार्यक्रमको संचालन सचिब संगिता न्यौपानेले गरेकी थिईन भने उद्देश्य तथा स्वागत लायन्स क्लब अफ धनगढीकी फष्ट भिपि दिप्ती शाहीले गरेकी थिईन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार