७ बैशाख २०८१, शुक्रबार

डुंगा दुर्घटनामा एकको मृत्यु तीन बेपत्ता



लम्की/ कैलालीको मोहन्याल गाउपालीकाको वडा नं ३ रागाँमलेखामा रहेको  कर्णाली नदीमा काठको डुंगा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।

डुंगा दुर्घटनामा परी मोहन्याल गाउँपालिका–३ की २२ वर्षिय धनसरा सलामी मगरको मृत्यु भएको छ । सोही ठाउका  २० वर्षीया पार्वती थापा,  २० वर्षीया उर्मिला सलामीमगर र उनको १० दिनको छोरी प्राप्ति सलामी मगर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालका प्रहरी निरीक्षक प्रेम खडकाले बताउनु भयो ।

कैलालीको मोहन्याल गाउँपालिका ३ बाट सुर्खेतको चौकुने स्वास्थय चौकीमा बच्चाहरुलाई खोप लगाउन जादै गर्दा डुंगा  दुर्घटनामा परेका हुन् ।

घटनामा मृत्यु भएकी धनसरा सलामी मगरको  २४ दिनको कर्ण सलामी मगर ,४ महिको बालक सुशान्त आलेमगर,२० वर्ष दिपेन्द्र आलेमगर,२० वर्षिय हर्सना आलेमगर ,२६ वर्षिय दिनेश सिजाली मगर र २६ वर्षिय पम्फा आलेमगरको शकुसल उद्धार गरीएको थियो । डुंगामा १० जना सवार थिए ।

घटनास्थलमा कैलालीको सुगरखाल र सुर्खेतको बाबियाचौरबाट गएको प्रहरी टोली खोज तथा उद्धार कार्यमा खटिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार