दार्चुलामा विद्युतको माग गर्दै स्थानीय आन्दोलित
![](https://i0.wp.com/anumodankhabar.com/wp-content/uploads/2021/07/transmission-line-system-1140x640-1.jpg?resize=720%2C404)
दार्चुला। दार्चुलामा विद्युतको माग गर्दै स्थानीयहरु आन्दोलित बनेका छन् । जिल्लाकोे मालिकार्जुन गाउँपालिको वडा नम्बर ३ का स्थानियहरुले बजार क्षेत्र र ग्रामीण क्षेत्रमा विद्युतीकरण हुनुपर्ने माग गर्दै शनिबार यातायात समेत बन्द गरेका हुन् ।
बिहान ७ बजेदेखि आन्दोलनकारीहरुले महाकाली राजमार्गमा यातायात समेत बन्द गरेको स्थानिय गणेश धामीले बताए । विद्युत प्राधिकरण बाट प्रतिनिधी आएपछि छलपल गर्ने र माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रमहरु तय गर्ने स्थानीहरुले चेतावनी दिएका छन् ।