७ बैशाख २०८१, शुक्रबार

खोप अभियान स्थगित



धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको कोरोना बिरुद्धको खोप लगाउने कार्य स्थगित गरेको छ । उपमहानगरपालिकाले शुक्रबार एक सूचना सार्वजनिक गर्दै आफुलाई प्राप्त भेरोसेल खोपको मात्रा सकिएकाले खोप लगाउने कार्य स्थगित गरिएको जनाएको छ ।

धनगढीमा साउन १३ गतेदेखि कोरोना संक्रमण विरुद्धको खोप अभियान सञ्चालन गरिएको थियो । उपमहानगरपालिकाले अभियान शुरु गर्दा भेरोसेल खोप १६ गतेसम्म सञ्चालन हुने जनाएको थियो ।

धनगढी उपमहानगरपालिकाले तीन दिन सञ्चालन गरेको कोरोनाविरुद्धको खोप अभियानअन्र्तगत १८ हजार २६ जनाले खोप लगाएका छन् । जसमा नौ हजार चार सय ४५ महिला र आठ हजार पाँच सय ८१ पुरुष रहेका छन् ।

उपमहानगरपालिकाले यही १८ गतेदेखि पुन कोभिड बिरुद्धको अमेरीकी जोन्सन खोप लगाइने उल्लेख गरेको छ । यसअघि स्वास्थ्य सेवा विभागको निर्देशन पालना नहुँदा खोपमा ठूलाबडा र पहुँच हुनेहरूको रजाई भएको र लक्षित समूह दिनभर लाइन बसेर घर फर्किनु परेको गुनासो आईरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार