१३ बैशाख २०८१, बिहीबार

प्रदेश सरकारलाई स्वास्थ्य सामग्री सहयोग



धनगढी । युनाईटेड मिसन टु नेपाल (यूएमएन) डोटी कलस्टरले सुदूरपश्चिम सरकारलाई कोभिड सम्बन्धी स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

शुक्रबार एक कार्यक्रमबीच यसएमएनले सामाजिक विकास मन्त्री लालबहादुर खड्कालाई १९ लाख ४५ हजार हजार रुपैयाँ मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

युएमएनका डोटी क्लस्टर प्रमुख बिशाल बाबु श्रेष्ठका अनुसार आइसिप्याप मेसिन दुई थान, चिल्ड्रेन मास्क १४ हजार पाच सय थान, एन्टीजेन टेस्ट किट एसडि ब्लोसेन्सर १८ सय पिस, र एन्टीजेन टेस्ट किट सात सय थान हस्तान्तरण गरेको जानकारी दिए ।

यूएमएनले यसअघि कोरोना महामारीको पहिलो चरणमा विभिन्न संघसंस्थालाई ७५ लाख रुपैया मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको जनाएको छ ।

सन् २००८ देखि स्थानीय सरकारहरूसंगको समन्वय तथा सहकार्य र स्थानीय गैरसरकारी संस्थाहरूसंगको साझेदारीमा विभिन्न समुदाय विकासका परियोजनाहरूको साथै विपद् र प्रकोप व्यवस्थापन कार्यक्रम सञ्चालन गर्दै आइरहेको यूएमएले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार