१४ बैशाख २०८१, शुक्रबार

शिक्षक महासंघको रिले अनसन



धनगढी । नेपाल शिक्षक महासंघ, सुदूरपश्चिम प्रदेश कमिटिले विभिन्न माग सहित शुक्रबार प्रदेशको सामाजिक विकास मन्त्रालयमा रिले अनसन गरेका छन् ।

“सबै माग पुरा गर” भन्ने व्यानर टाँगेर उनीहरूले मन्त्रालयमा तीन घण्टा रिले अनसन गरेका हुन ।

आफ्ना विभिन्न ३४ बुदे मागलाई अघि सार्दै उनिहरू लामो समयदेखि आन्दोलित छन् । विगतमा शिक्षकहरूका ३० बुदे माग सम्बोधन गर्ने गरी सम्झौता भए पनि कार्यान्वयन नहुदा पुनः आन्दोलित हुनु परेको आन्दोलन परिचालन समितिका संयोजक केशवराज भट्टले बताए ।

विद्यालय कर्मचारीको तलव सुविधा, बालविकास शिक्षको तलव सुविधा, शिक्षक बढुवामा देखिएको समस्या समाधान, राहत शिक्षकहरूलाई कोटा तथा नेपालको शिक्षा प्रणालीलाई व्यवहारिक र गुणस्तरि बनाउनु पर्ने माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार