६ चैत्र २०८०, मंगलवार

फरक–फरक घटनामा दुई जनाको मृत्यु



टीकापुर । जानकी गाउँपालिकामा दुई छुट्टाछुट्टै घटनामा दुईजनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार एकजनाको सर्पले टोकेर र अर्का एकजनाको करेन्ट लागेर ज्यान गएको हो ।

प्रहरीका अनुसार जानकी गाउँपालिका–८ पालबजारका मनु चौधरीका १७ वर्षका छोरा शिशिर चौधरीको सर्पले टोकेर ज्यान गएको छ । राति सुतिरहेको अवस्थामा चौधरीको बाँया हातको औंलामा सर्पले टोकेको थियो ।
उनको उपचारका क्रममा कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा ज्यान गएको बताईएको छ ।

त्यस्तै जानकी गाउँपालिका–६ सुवर्णपुरका ४७ वर्षका नेपालु थारुको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ । थारुलाई घर नजिकैको सगुनको रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेको प्रहरीले जानकारी दिएको छ ।
करेन्ट लागेर घाईते भएका थारुलाई आफन्तले उपचारका लागि टीकापुर अस्पताल पुर्याएका थिए । उनको उपचारकै क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार