१६ चैत्र २०८०, शुक्रबार

कान्द्रामा डुवेर दुई बालिकाको मृत्यु, एक बेपत्ता



धनगढी । कान्द्रा नदीमा नुहाउन गएका तीन जना बालिकाको मध्ये दुई जनाको डुवेर मृत्यु भएको छ ।


भजनी नगरपालिका–९ डोङपुरमा पर्ने कान्द्रामा नुहाउन जाँदा बेपत्ता भएका ति मध्ये दुई जना बालिकाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता भएका छन् । उनीहरुले घर नजिकै रहेको कान्द्रामा नुहाउन जाँदा शुक्रबार साँझ ५ बजेको समयमा सो घटना भएको प्रहरीले जनाएको छ ।
स्थानीय धनबहादुर सिंहकी छोरी नौ वर्षीया छोरी लक्ष्मी र रामफल चौधरीकी सात वर्षीया छोरी जेनीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी छ वर्षीया अनु सिंहको खोजी भइरहेको बताए ।
घर नजिकै रहेको कान्द्रा नदीमा नुहाउने क्रममा साँझ ५ बजेतिर उक्त घटना भएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार