१४ बैशाख २०८१, शुक्रबार

आन्तरिक समस्याले दुई तिहाइको सरकार ढल्यो



शहिद दिवसमा मानव आश्रमलाई राहत सहयोग


धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारका पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीले तत्कालिन नेकपा र पछि एमालेको आन्तरिक विवादले दुई तिहाइको कम्युनिष्ट सरकार विस्थापित भएको बताएका छन् ।

नेपाल निजामती कर्मचारी संगठन कैलाली जिल्ला कार्यसमितिले शहीद मनोज झपेन्द्र स्मृती दिवसको अवसरमा शुक्रबार मानव आश्रम धनगढीमा खाद्यान्न सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री सोडारीले आम कार्यकर्ताको भावना पार्टी एकता भएकाले एमाले एकतावद्ध हुनुको विकल्प नरहेको बताए ।

मन्त्री सोडारीले सत्ता उन्मादकै विगतमा काग्रेस र पछिल्लो समय दुई तिहाइको कम्युनिष्ट सरकार ढलेको पनि बताए ।

उनले लोकतन्त्रतका लागि महत्वपूर्ण भूमिका खेलेको कर्मचारी संगठनले शहिदको सम्झनामा रचनात्मक काम गरिएकोमा प्रशंसा गरे ।

सो निजामति कर्मचारी संगठनका तर्फबाट अवसरमा ३० किलो चिनी , १५ सोयाविन , १ १ बोरा आलु प्याज ,दुई पेटी खाने तेल । १५ किलो मिक्स दाल , १२ किलो मटर, फिनेल, हर्पिक्स लगायत २१ हजार रुपियाँ बराबरको सामाग्री पनि वितरण गरिएको थियो ।

आफ्ना पेशागत हक हीतका लागि लड्ने क्रममा ०४९ सालमा मनोज र झपेन्द्र मारिएका थिए ।

कार्यक्रममा निजामती कर्मचारी संगठनका प्रदेश इन्चार्ज रामचन्द्र जोशी, केन्द्रीय लेखा संयोजक जयदेव जोशी, मानव सेवा आश्रमका अच्युत घिमिरे, लगायत बोलेका थिए ।

जिल्ला अध्यक्ष श्यामराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष जयकला रावलले गरेको थिइन भने सञ्चालन जिल्ला सचिव लक्ष्मण जोशीले गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार