११ बैशाख २०८१, मंगलवार

जाँइ/जाली सिंचाई बाँध बन्यो



धनगढी/ धनगढी उपमहानगरपालिका–६ मा जाँइ/जाली सिंचाइ बाँध निर्माण भएको छ ।

सो वाँधको प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीले मंगलबार उद्घाटन गरे । जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कैलालीका प्रमुख डम्बरप्रसाद धितालका अनुसार नौ करोड ४५ लाखमा सो बाँध बनेको हो ।

सो बाँधबाट ३७६ हेक्टर क्षेत्रफलमा सिंचाई हुने र ३८० परिवारका दुई हजार पाँच सय बढी प्रत्यक्ष लाभान्वित हुने उनले बताए ।

सो बाँध के एस/ रोयल जेभीले तोकिएको समय भन्दा छ महिना अघि नै निर्माण गरेको हो । स्थानीय उपभोक्ता रामप्रसाद चौधरीले पानी पाएपछि धान, गहुँ धेरै फल्ने बताउदै तरकारी पनि वर्षमा दुई/तीन पटक लगाएर आय, आम्दानी बढाउने विश्वास रहेको बताए ।

कार्यक्रममा वडा अध्यक्ष भागिराम चौधरीले स्वागत मन्तव्य र स्थानीय अगुवा श्रवण देउवाले कार्यक्रमको सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार