२३ बैशाख २०८१, आईतवार

बलात्कारकाे आरोपमा वडा सचिव पक्राउ



धनगढी / भजनी नगरपालिका वडा नम्बर ४ का वडासचिव बलात्कारकाे आरोपमा पक्राउ परेका छन् ।

प्रहरीले वडा सचिव सुमनकुमार चौधरीलाई एक स्थानीय महिलाकाे बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीमा एक महिलाले आफूलाई बलात्कार गरेको आरोपमा असार १८ गते उजुरी दर्ता गरेकी थिइन् ।

जिल्ला प्रहरीको आदेशमा वडा सचिव चौधरीलाई पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालय भजनीले जनाएकाे छ । उनलाई जिल्ला चलान गरिएकाे जिल्ला प्रहरी कार्यालयका प्रवत्ता प्रतिक विष्टले बताए ।

वडाध्यक्ष जन्ताराम चौधरीले वडा सचिव र उक्त महिला बीच पुरानो सम्बन्ध रहेको बताए । सम्बन्ध बिग्रिएपछि बलात्कारको आरोप लगाई वडासचिव चौधरीलाई फसाउन बलात्कारको आरोप लगाएका हुन सक्ने उनले बताए ।

महिलाले जिल्लामै पुगेर उजुरी दर्ता गरेपछि मात्र घटना सार्वजनिक भएको हो । घटनाको बारेमा अनुसन्धानपछि थप कुरा खुल्ने प्रहरीले जनाएको छ ।

पुरानो समाचार प्राविधिक कमजोरीले प्रकाशित भएकोमा क्षमाप्राथी छौ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार