१३ बैशाख २०८१, बिहीबार

चर्को दवावपछि डा.रावलले लिए राजीनामा फिर्ता




धनगढी / नेकपा (एमाले)का उपाध्यक्ष सदस्य डा. भीमबहादुर रावलले प्रतिनिधि सभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् ।

रावललाई अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, सुदूरपश्चिमका प्रदेशका मन्त्री, प्रदेश सभा सदस्य र शुभचिन्तकहरुले राजीनामा फिर्ता लिन आग्रह गरेका थिए ।

रावललाई राजीनामा फिर्ता गर्ने आग्रह गर्न नेता नेपाल रावलको निजी निवास गएका थिए । भने सुदूरपश्चिम प्रदेशका मन्त्री र प्रदेश सभा सदस्यहरु पनि काठमाडौ पुगेका थिए ।

नेता रावलले शुक्रबार प्रतिनिधि सभा सदस्य अग्निप्रसाद सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएका हुन । रावलले पार्टीका नेताहरु, शुभचिन्तक र मतदाताहरुको आग्रहमा राजीनामा फिर्ता लिएको बताए ।

एमालेका दुई समुहवीच भएको १० बुँदे सहमति कार्यान्वयनका क्रममा बरिष्ठ नेता नेपालसंग मनमुटाव भएपछि डा. रावलले राजीनामा गरेको चर्चा चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार