८ बैशाख २०८१, शनिबार

देउवालाई मत दिने एमालेका २२ जनाको नामावली




धनगढी / प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एमालेका २२ जना सांसदले विश्वासको मत दिएका छन् ।

देउवालाई मत दिनेमा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्ष १७ र अध्यक्ष केपी शर्मा ओली पक्षका चार सांसद छन् ।


देउवालाई मत दिनमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने र पार्वती विशुंखे रहेका छन् ।

यस्तै गरेर विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका छन् ।

त्यस्तै ओली पक्षका गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, हिरा केसी र कृष्णकुमार श्रेष्ठ किसानले पनि विश्वासको मत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार