२३ बैशाख २०८१, आईतवार

सडक डिभिजन साँफेबगरले घुस नदिँदा भुक्तानी रोकेको आरोप




धनगढी / एमके बिल्डर्स एण्ड कन्ट्रक्सन कम्पनी प्रालीले संघीय सरकार मातहतको सडक डिभिजन कार्यालय साँफेबगर अछामले सम्पन्न कामको भुक्तानी रोकेको आरोप लगाएको छ ।

सडक डिभिजन साँफेबगर अन्तर्गतको ठेक्का नम्बर RDSNF/33701138/076/77-09  को रनिङ बिल भुक्तानीका लागि जेठ २८ गते पेस गरेको भएता पनि राजमार्ग स्तरोन्नती अन्तर्गत बजेट शिर्षक नम्बर १३८ बाट भुक्तानी पाउनु पर्नेमा सो बजेट शिर्षकबाट रु पाँच करोड भन्दा बढी रकम फ्रिज गराइएको छ ।

हामीले समयमै सम्पन्न कार्यको बिल पठाएका थियौ तर पनि भुक्तानी दिइएन कम्पनीका प्रबन्ध निर्देशक चक्र शाहको भनाइ रहेको छ । उनले भुक्तानीका लागि ६० लाख ३० हजार ५२३ रुपैयाँ ९७ पैसाको बिल निवेदन सहित जेठ १६ मा सडक डिभिजन कार्यालय साँफेबगरको इमेलमा निवेदन पेस गरेको बताए ।

शाहले भने , हाम्रो कामको साइड भेरीफिकेशनका लागि जेठ २८ मा मेजरमेण्ट सिट सहित कार्यालयमा भुक्तानीका लागि पेस गरेको भएता पनि सडक डिभिजन कार्यालयका कारेयरत इन्जिनियर सव इन्जिनियर र लेखाका कर्मचारीहरुले १० प्रतिशत कमिशन माग्दा कमिशन नदिएकाले भुक्तानी रोकियो ।

कार्यालय तथा साइड इन्चार्जसँग कुरा गर्दा समयमै भुक्तानी हुन्छ भने पनि क्लोजिङ्गमा समेत भुक्तानी नपाएको उनको गुनासो छ । जेठ मध्येतिर पेश भएको विल असार ३१ कोलेनिका अछाममा पठाइयो तर सडक डिभिजन कार्यालय साँफेबगरले भुक्तानीकालागि पठाएको दिनभन्दा एक दिन अगाडि नै महालेखा नियन्त्रक कार्यालयले सफ्टवयरको सिस्टम बन्द गरि सकेको थियो यसो गरिनु भनेके सरासर भुक्तानी नदिने नियत प्रष्ट छ एमके विल्र्डसका प्रवन्धक निर्देशक शाहले बताए ।

यो सरासर गत नियत हो ,सम्झौता अनुसार तोकिएको काम गर्दा कमिसन किन दिने सडक डिभिजन कार्यालय साँफेका निमित्त कार्यालय प्रमुख दमन विष्टले भने दुई करोड १३ लाखमा सम्झौता भएको सडकको काम हाल ३० प्रतिशत मात्र सकिएको र भुक्तानीका लागि ३० गते कोलेनिका पठाएको भएता पनि सिस्टम डाउन भइसकेकाले भुक्तानी हुन नसकेको बताए ।

विष्टले भने, त्यो भन्दा अरु विषय मलाइ जानकारी छैन । मैले उहाँको काम रोक्न खोजेके होइन । तर सो भन्दा अगाडि समेत सोही सडक खण्डको जडाङ्गास्थित बुढीगंगा नदीमा निर्मित बेलिब्रिज निर्माणको भुक्तानीमा समेत कमिशनकै कारणाले भुक्तानी तीन महिना ढिलो गरेर भुक्तानी भएको थियो एमके विल्डर्सको भनाइ छ ।

कम्पनीले दुई महिनामा त्यो काम सम्पन्न गरेर हस्तान्तरण गरेका थियो सो बेलिब्रिज फागुन १४ गते सम्पन्न गरेर फागुन २८ गते तत्कालिन प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेद्धारा उद्घाटन गरेर यातायात सञ्चालन भएको थियो ।

सो सडक खण्ड अन्तर्गतका विभिन्न अधुरा ठेक्काहरुमा समेत कमिशनका कारणले गर्दा समयमा काम गर्न गराउन नसकी बार्जुगार्डदेखि सदरमुकाम मार्तडीसम्मको सडक ठाउँठाउँमा अवरुद्ध भइ सवारी आवागमन रोकिएको अवस्था छ ।

यस्ता गतिविधी तथा कमिशनको मोलमोलाइले गर्दा कयौ योजनाहरु समयमा सम्पन्न नहुने र विकास बजेट खर्च प्रतिशत न्युन देखिने गर्छ । यस कारण यस्ता गतिविधीका विरुद्ध सम्बन्धित निकायको ध्यान जान जरुरी छ निर्माण व्यवसायीहरु बताउछन् ।

सडक डिभिजन कार्यालय साँफेवगरका निमित्त कार्यालय प्रमुख विष्टले आफू र आफ्नो कार्यालयले कमशिन मागेको प्रमाण दिनु पर्ने बताए । उनले भने विना आधार आरोप लगाउने एमके विल्डर्सलाई विभागिय कारवाही गराउछौ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार