१० श्रावण २०८१, बिहीबार

भारतमा फसेका ४ महिलाको उद्दार



कञ्चनपुर । १० वर्षदेखि भारतमा फसेका ४ महिलाको उद्दार गरिएको छ। शान्ति पुनर्स्थापना केन्द्र कञ्चनपुरले ४ जना महिलालाई उद्दार गरेको हो।

कञ्चनपुरकी ३५ वर्षीया महिला, दार्चुलाकी १९ वर्षीया बालिका, रोल्पाकी १७ वर्षीया बालिका र सुनसरी जिल्लाकी २२ वर्षीया महिलालाई उद्दार गरेको शान्ति पुनर्स्थापना केन्द्रले जनाएको छ।

उनीहरुलाई भारतीय संस्था हेल्प क्रस ट्रस्ट र नेपाली राजदुतावास संगको सहकार्यमा उद्दार गरेको जनाइएको छ।उद्दार गरिएका मध्ये २ जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र २ जनालाई जिल्ला प्रहरी कार्यालय दाङबाट घर परिवारको जिम्मा लगाएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार