२३ बैशाख २०८१, आईतवार

खोलामा नुहाउने क्रममा युवतिको मृत्यु



धनगढी । कैलालीमा खोलामा नुहाउने क्रममा एक युवतीको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका–६ लालपुरकी १८ वर्षीया आरती घर्तीमगर बिहीबार सोही ठाउँमा रहेको गौरीदेवी खोलामा नुहाउने क्रममा वेपत्ता भएकी थिइन ।

स्थानीयको सहयोगमा प्रहरीले खोजी गर्दा नुहाएको स्थानदेखि तीन चार मिटर पर मृत अवस्थामा फेला परेको कैलाली प्रहरी प्रवक्ता प्रतिक विष्टले जानकारी दिए ।

दिउँसो नुहाउने क्रममा उनीसहित अन्दाजी १८ वर्षीया सीता घर्तीमगर खोलामा बगेका थिए। स्थानीयले सीतालाई बगेको देख्नासाथ उद्दार गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार