२३ बैशाख २०८१, आईतवार

सशस्त्रको बिओपीमा आगजनी



टीकापुर । टीकापुर नगरपालिका–८ खक्रौलास्थित सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट (बिओपी) को निर्माणाधिन भवनमा आगजनी भएको छ । सो निर्माणाधिन भवन हाल बिओपी रहेको स्थानबाट करिव एक किलोमिटर टाढा मोहना नदी पारी दशगजा नजिकै रहेको छ ।

सत्ती भन्सार कार्यालयको जमिनमा अस्थायी रुपमा राखिएको बिओपीलाई सीमा नजिकै सार्ने उद्देश्यले मोहना नदी पारी भवन निर्माण भैरहेको छ । भवन निर्माणको काम अन्तिम चरणमा पुगेको बेला अचानक आगजनी भएको छ ।

आज बिहान साढे दश बजेको समयमा निर्माणाधिन भवनको भित्र पड्किएको आवाज आएको कामदारले बताएका छन । उनीहरुले काम गर्न भवन भित्र पस्नु भन्दा अघि नै आगजनी भएको बताएको बिओपीका सई राधेश्याम रानाले जानकारी दिए ।

उनले आगो नियन्त्रणको प्रयास भैरहेकाले त्यसतर्फ सोधपुछ हुन बाँकी रहेको बताए ।आगो नियन्त्रणका लागि टीकापुर नगरपालिकाको दमकल पुगेको छ । सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार