८ पुष २०८२, मंगलवार

कञ्चनपुरमा भान्जाको कुटाईबाट मामाको मृत्यु



कञ्चनपुर । कञ्चनपुरमा भान्जाको कुटाईबाट मामाको मृत्यु भएको छ । जिल्लाको भिमदत्त नगरपलिका १० का  ४२ बर्षीय बिरराम लुहारको आफ्नै भान्जाले कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवत्ता तथा प्रहरी नायव उपरीक्षक शिद्धराज न्यौपानेका अनुसार बुधबार राती २२ बर्षका गिरधारी लुहारले उनको कुटपिट गरि हत्या गरेको जनाएको छ । मामा भान्जा बिच सामान्य विवाद हुदाँ गिरधारीले गरेको प्रहारबाट बिरराम लुहार गम्भिर घाईते भएका थिए ।

त्यस लगत्तै उनलाई माहाकाली प्रादेशिक अस्पताल पुगाएपछि चिकित्सकले मृत घोषण गरेको प्रहरी उपरीक्षक न्यौपानेले बताए । अहिले भान्जा नाता पर्ने  गिरधारी लुहारलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार