३० बैशाख २०८१, आईतवार

कैलालीको मोहना नदीले सतर्कता तह पार गर्‍याे,सतर्क रहन आग्रह



धनगढी । कैलालीको मोहना नदीमा पानीको सतहले खतराको तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार बिहान साढे ९ बजेसम्म नदीमा पानीको सतहले खतराको तह पार गरेको महाशाखाले जनाएको हो । मोहना नदीमा बाढी आएपछि तटीय क्षेत्रहरू तथा डुबान भइरहने ठाउँका बासिन्दालाई सतर्क हुन आग्रह गरिएको छ। 

बाढी पूर्वानुमान महाशाखाले आज नारायणी, कर्णाली, महाकाली, तिनाउ, पश्चिम राप्ती र बबई जलाधारका केही सहायक नदीहरुमा क्षणिक मध्यमरभारी बर्षा भई बहाब केही बढ्ने र केही साना नदीहरुमा आकस्मिक बहाब भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान गरेको छ । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार