२९ बैशाख २०८१, शनिबार

धनगढीमा दिप प्रज्वलन



धनगढी । नवनियुक्त प्रधान्मन्त्री र सर्बोच्च अदालतको फैसलाको स्वागत गर्दै नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर–५ कैलालीले धनगढीमा दिप प्रज्वलन गरिएको छ ।

धनगढी स्थित पार्कमोडमा नेपालको नक्सामा दिप प्रज्वलन गरेर नेविसंघले नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवा र सर्बोच्च अदालतको फैसलाको स्वागत गरेको हो । दिप प्रज्वलन गर्दै नेविसंघले नेपाली कांग्रेस जिन्दावाद, नेपालको संविधान जिन्दावाद, सर्बोच्च अदालत जिन्दावाद, शेरबाहुर देउवा जिन्दावाद जस्ता नारा लगाएका थिए ।

दिप प्रज्वलन कार्यक्रममा बोल्दै धनगढी उप–महानगरपालिकाकी उप–प्रमुख शुशीला मिश्र भट्टले देशलाई अध्यारो तर्फ जान नदिन सर्बोच्चले गरेको फैसला स्वागत योग्य भएको बताइन् । सर्बोच्चको फैसलाले नेपालीको भविश्य र नेपालको संविधानको रक्षा गरेको उनले बताइन् । ‘यो नेपाली जनताको जित हो’ उप–प्रमुख भट्टले भनिन्–‘यो फैसला पछि संविधानलाई कमजोर बनाउने आँट कसैलाई पनि हुने छैन ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार