१० श्रावण २०८१, बिहीबार

बझाङमा पाँच वर्षीया बालिकालाई बलात्कार गर्ने वृद्ध पक्राउ



बझाङ । बझाङमा पाँच वर्षीया बालिकामाथि बलात्कार गर्ने एक वृद्ध पक्राउ परेका छन् ।

जयपृथ्वी नगरपालिका– ७ मा पाँच वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा सोही ठाउँका ६१ वर्षीय जगदिश जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जोशीले असार १८ गते घरमा कोही नभएका बेला बालिकालाई ललाइफकाइ आफ्नै कोठामा लगि बलात्कार गरेको पीडित पक्षले आरोप लगाएका छन् ।

“पिडितको आमाले उजुरी गर्नुभयो । उजुरीका आधारमा निजलाई पक्राउ गरि हाल अनुसन्धान गरिरहेका छौं ।” जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपक खड्काले लोकपथलाई जानकारी दिए ।

जोशीलाई अदालतबाट म्याद थपेर हाल थप अनुसन्धान भइरहेको डीएसपी खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार