१० श्रावण २०८१, बिहीबार

भानु जयन्तीमा वडा कार्यालयमा राष्ट्रिय झण्डा फहराइयो



धनगढी । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्म जयन्ती गौरीगंगामा मनाईएको छ । वडा नं ९ का स्थानीय बासिन्दा हस्त बहादुर पौडेलको समन्वय र वडा कार्यालयको आयोजनामा भानु जयन्ती मनाईएको हो ।

राष्ट्रिय झण्डा फहराएर गरिएको कार्यक्रम हस्त बहादुर पौडेलको अध्यक्षतामा गरिएको थियो ।

वडा अध्यक्ष हरि प्रसाद तिवारीले भानुभक्तले नेपाली साहित्यमा तत्कालीन समाज र परिवेशको यथार्थ चित्रण सहित रामायणको अनुवाद गरेर नेपाली भाषामा योगदान दिएको बताएका थिए । कार्यक्रम नृत्य प्रस्तुत तथा भानुभक्तको योगदानको चर्चा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार