१० श्रावण २०८१, बिहीबार

सात युवा तथा एक संस्थालाई सम्मान गरियो



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न क्षेत्रमा योगदान पुर्याएका सात युवा तथा एक सामाजिक संस्थालाई सम्मान गरेको छ ।

प्रदेश युवा परिषद्ले सोमबार आयोजना गरेको एक कार्यक्रममा आठ वटा विधामा प्रदेशका सात युवा र एक संस्थालाई नगद पुरस्कारसहित सम्मान गरियो ।

पुरस्कार सहित कदरपत्र पाउनेहरूमा शरीरका विभिन्न सात वटा अंगले लेख्न सक्ने क्षमता भएका मनोजकुमार चन्द, लागूपदार्थ तथा दुव्र्यसनी युवाहरूको पुनस्र्थापनामा होमिएका कल्पिस कुँवर, उद्यमी मानसिंह साउद, अन्तर्राष्ट्रिय खेलाडी प्रकाशकुमार चन्द, पर्यटन व्यवसायी योगेन्द्र बम, वन्यजन्तुको खोज र वातावरण संरक्षणमा आवद्ध धिरेन्द्र चन्द र निरन्तर पढाईमा विश्व कीर्तिमान कायम गरेका मुकेश जोशी तथा आदर्श युवा क्लव रहेका छन् ।

मुकेशले १२४ घण्टा २० मिनेट (६ दिन ५ रात) निरन्तर पढेर विश्व कीर्तिमान कायम गरेका छन्।

कल्पेशले टीकापुरमा पुर्नस्थापना गृह सञ्चालन गर्दै आएका छन् । खेलाडी दुई दर्जन बढी स्वर्ण पदक, एक दर्जन बढी रजत पदक र एक दर्जन बढी कांस्य पदक जितिसकेका छन् ।

सन् २०१० र २०११ मा जर्मनीमा भएको वल्र्ड कराँते च्याम्पियनसीपमा प्रतिस्पर्धा गरेका प्रकाश अहिले खेल तथा सामाजिक क्षेत्रमा क्रियाशिल रहेका छन् ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, सामाजिक विकासमन्त्री लालबहादुर खड्का र सामाजिक विकास राज्यमन्त्री मना साउदले जनही ३५ हजार रुपैया, दोसल्ला तथा कदरपत्र प्रदान गरे ।

कार्यक्रममा मुख्यमन्त्री भट्टले भने– हामी युवाहरूलाई हामी आफ्नै प्रदेशमा केही गर्न प्रेरित गरिरहेका छौ । युवाहरूले पनि आफ्नै प्रदेशमा केही गर्नुपर्छ भन्ने सोच बनाएमात्र प्रदेशको प्रगति सम्भव हुनेछ ।

कार्यक्रममा सामाजिक विकास मन्त्री खड्काले सरकारले “युवाको जवानी, प्रदेशमा लगानी” कार्यक्रममार्फत युवाहरूका लागि काम गरिरहेको चर्चा गरे ।

सुदूरपश्चिम प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष युवराज कुँवरले भने– युवाहरूको मिहिनेतलाई सरकारले कदर गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार