३० बैशाख २०८१, आईतवार

देउवाले आज प्रधानमन्त्रीको शपथ ग्रहण गर्दै, सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री नियुक्त हुँदैछन् ।

देउवालाई आजै नियुक्ति गरेर साँझ ५ बजे सपथ ग्रहण गराउने तयारी राष्ट्रपति कार्यालयको रहेको छ ।

देउवालाई मंगलवार पाँच बजेभित्र प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको थियो ।

गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्री हुन लागेका उनले आजै माओवादी केन्द्रका नेताहरुलाई समेटेर सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार