१० श्रावण २०८१, बिहीबार

एनपी साँउदले दिए देउवालाई बधाई



एनपी साउँद केन्द्रीय सदस्य

धनगढी ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री एनपी साँउदले सर्वोच्चको फैसलापछि पार्टी सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् । आज सामाजिक सञ्जाल मार्फत नेता साँउदले  सर्वोच्चको फैसलाले  शेरबादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको  बताउँदै पार्टी सभापति देउवालाई बधाई दिएका हुन् ।

उनले लेखेका छन्, ‘सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै नेपाली कांग्रेसका सभापित शेरबादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।यसले नेपाली जनताको अदालत प्रतिको सम्मानमा थप अभिवृद्धि भएको छ। पार्टी सभापति शेरबहादुर देउबामा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछु !’ आज संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार