१० श्रावण २०८१, बिहीबार

अदालतको फैसलाविरुद्ध धनगढीमा राके जुलुस



धनगढी ।  सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा धनगढीमा विरोध प्रदर्शन गरिएको छ। एमालेको केपी शर्मा ओली पक्षीय राष्ट्रिय युवा संघ र अनेरास्ववीयूले राके जुलुससहित प्रदर्शन गरेका हुन्।

प्रतिनिधि सभा विघटनलाई बदर गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवलाई नियुक्त गर्न अदालतले राष्ट्रपतिको नाममा परमादेश जारी गरेपछि उनिहरुले  प्रदर्शन गरेका हुन्। उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पुतलासमेत जलाएका छन्। प्रतिनिधि सभाका १४६ जना सदस्यहरुले दायर गरेको रिटमाथि फैसला सुनाउँदै सर्वोच्चले सोमबार संसद् विघटनको निर्णय बदरभागी रहेको ठहर गरेको हो।

सर्वोच्चले १४६ जना सांसदहरुको रिटमा मागदाबी गरिएअनुसार नेपाली कांग्रेका सभापति समेत रहेका प्रतिनिधि सभा सदस्य शेरबहादुर देउवालाई संविधानको धारा ७६(५) अनुसार २ दिन भित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश समेत जारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार