१० श्रावण २०८१, बिहीबार

धनगढी जेसिजद्धारा उप–महानगरपालिकालाई ग्लोब्स हस्तान्तरण



धनगढी । धनगढी जेसिजले कोरोना रोकथाममा खटिने कर्मचारीहरका लागि ग्लोब्स हस्तान्तरण गरेको छ । धनगढी जेसिजका अध्यक्ष कमलराज पनेरुले धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टलाई १ हजार ५ सय ग्लोब्स हस्तान्तरण गरेका हुन ।

जेसिजले धनगढी उप–महानगरपालिकालाई ग्लोब्स उपलब्ध गराएकोमा धन्यवाद दिदै उप–प्रमुख भट्टले जेसिज नेतृत्वमा रहेको उर्जा, तत्परता र समन्वय गर्न सक्ने क्षमताका कारण समस्याको बेलामा सहयोग प्राप्त भैरहेको बताईन ।

धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखा प्रमुख कृष्णबहादुर बोहराले ग्लोब्सको अभाव भैरहेको अनुरोध गर्ने बित्तिकै जेसिजले सहयोग गरेको बताए । धनगढी जेसिजका अध्यक्ष कमलराज पनेरुले धनगढी उपमहानगरपालिका संगको सहकार्यलाई निरन्तरता दिने बताए । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार