३० भाद्र २०८१, आईतवार

डोटी र डडेल्धुरामा भारी वर्षा



धनगढी । सुदूरपश्चिम प्रदेशको डडेल्धुरा र डोटीमा भारी वर्षा भएको छ । वाढी मापन महाशाखाका अनुसार डडेल्धुरा र डोटीमा चेतावनी तहभन्दा बढी वर्षा भएको छ ।

डडेल्धुराको गाइबण्डे र डोटीको चिउरी स्टेशनको वर्षा मापन अनुसार चेतावनी तहभन्दा बढी वर्षा भइरहेको उल्लेख छ ।

वाढी मापन महाशाखा अनुसार एक घण्टामा ६० मिलिमिटर, तीन घण्टामा ८० मिलिमिटर, छ घण्टामा एक सय मिलिमिटर, १२ घण्टामा एक सय २० मिलिमिटर र २४ घण्टामा एक सय ४० मिलिमिटर वर्षालाई चेतावनी तह मानिएको छ ।

डडेल्धुराको गाइवण्डे स्टेशनमा पछिल्लो छ घण्टामा एक सय दुई, १२ घण्टामा एक सय २३ र २४ घण्टामा एक सय २४ मिलिलिटर वर्षा भएको छ ।

यस्तै डोटीको चिउरीमा छ घण्टामा ९८, १२ घण्टामा एक सय ८० दशमलब दुई र २४ घण्टामा एक सय ८२ मिलिलिटर वर्षा भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार