१० श्रावण २०८१, बिहीबार

विपन्न गर्भवती महिलालाई पोषणयुक्त खाद्यान्न वितरण



धनगढी । कैलालीको कैलारी गाउपालिका र गौरीगंगा नगरपालिकामा विपन्न वर्गका गर्भवती र सुत्केरी महिलालाई पोषणयुक्त खाद्यान्न सामग्री तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई स्वास्थ्य तथा सरसफाई सुरक्षा सामग्री वितरण गरिएको छ ।

दलित महिला अधिकार मंच, नेपालले विपन्न तथा सिमान्तकृत समुदायका गर्भवती तथा सुत्केरी महिलाहरूका लागि ती सामग्री वितरण गरेको हो ।

शनिबार एक कार्यक्रमबीच संस्थाका अध्यक्ष सावित्रा घिमिरेले कैलारी गाउपालिका र गौरीगंगा नगरपालिकालाई ती सामग्री हस्तान्तरण गरिन् ।

कैलारी गाउपालिका र गौरीगंगा नगरपालिकाका १७१ जना अतिविपन्न गर्भवती तथा सुत्केरी महिलाहरूका हर्लिक्स, चना, आलमोण्ड, स्याम्पु, थर्मोमिटर, सेनिटाईजर लगायतका ामग्री वितरण गरिएको छ ।

त्यस्तै, १०६ जना महिला स्वास्थ्य स्वयंमसेविकाहरूलाई सेनिटाईजर, माक्स, ग्लोब्स, थर्मलगन, सेनिटरी प्याड लगायतका सामग्री वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार