४ पुष २०८२, शुक्रबार

पेट्रोलियम प्रदार्थको मूल्यबृद्धिको विरोध गर्दै सिटी जुलुस



धनगढी । कैलालीका चार विद्यार्थी संगठनहरुले सरकारको विरोध गर्दै धनगढीमा सिटी जुलुस प्रदर्शन गरेको छ ।

पेट्रोलिय पदार्थको मूल्यवृद्धि लगायत सरकारको प्रतिगमन कदम विरुद्ध संयूक्त विद्यार्थी संगठन कैलालीले धनगढीमा सिटी जुलुस गरेको हो । बिहिबार नेपाली काँग्रेस जिल्ला समिति कैलालीको सभाहलदेखि लक्ष्मीनारायण (एल.एन) चौकसम्म उनीहरुले सिटी जुलुस गरेका हुन ।

विपक्षी गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा समर्थित विद्यार्थी संगठनहरुले प्रतिगमन, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, भ्रष्टाचार, कुशासन र चितवनमा सुजिता भण्डारीको हत्या लगायतका विरुद्ध धनगढीमा प्रदर्शन गरेको नेपाल विद्यार्थी संगठनका कार्यवाहक अध्यक्ष भेष बमले जानकारी दिए ।

जुलुस एलएन चौकमा कोण सभामा परिणत भएको थियो । सभामा नेविसंघका कार्यवाहक अध्यक्ष बम, अखिल क्रान्तिकारीका सह–संयोजक दीपक विसी, अखिल छैटौंका जिल्ला अध्यक्ष जनक आचार्य लगायतले सम्बोधन गरेका थिए ।

सरकारले मूल्य बढाएको दुई साता नबित्दै मंगलबार फेरि इन्धनको मूल्य बढाएको छ । गत असार १० गते राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ बनाएको थियो । पुनः प्रतिलिटर २ रुपैयाँले बढाएर पेट्रोलको मूल्य १२९ रुपैयाँ पुर्याएको छ । डिजेल÷मटितेलको मूल्य अब प्रतिलिटर २ रुपैयाँ बढेर ११२ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार