२१ भाद्र २०८१, शुक्रबार

नो लाइट सेवा बारे सामाजिक सञ्जालमा जानकारी दिइने




धनगढी / नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्र धनगढीले नो लाइट सम्वन्धी विवरण सामाजिक सञ्जाल राख्ने भएको छ ।
युवासंघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटीको आग्रहमा प्राधिकरण सो व्यवस्था गर्न तयार भएको हो ।

अध्यक्ष कमरेड बाबुराजा श्रेष्ठको नेतृत्वको टोलीसंग प्राधिकरणका धनगढी शाखा प्रमुख सुरेन्द्र चौधरीले नो लाइट सेवा २४ घण्टा चुस्त दुरुस्त राख्ने प्रतिवद्धता गरे ।

प्रमुख चौधरीले छ फिडर भएकोमा १० सम्म पुगाउने, पुराना ब्ऋऋच् अयलमगअतयच धष्चभ हरु बिस्तारै परिवर्तन गर्ने पनि सहमत भएका छन् । यस्तै धनगढीमा भएका ट्रान्सर्फमरहरु नयाँ र बढी क्षमताको राख्ने पनि चौधरीले प्रतिवद्धता गरे ।

युवासंघको टोलीले आइतबार कैलाली जिल्ला का प्रमुख जिल्ला अधिकारीलाई भेटेर विद्युत नियमित र विस्तार गर्नका लागि आवश्यक पहल गर्न ज्ञापन पत्र बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार