१० श्रावण २०८१, बिहीबार

नियमित बिजुली विस्तारको माग गर्दै कैलालीका सिडिओलाई ध्यानर्कषण



धनगढी । युवा संघ नेपाल सुदूरपश्चिम कमिटीले विद्युत सेवा अवरुद्ध हुन थालेपछि प्रशासनलाई ध्यानाकर्षण गराएको छ । गर्मीले जनजीवन अस्तव्यस्त भएका बेला नेपाल विद्युत प्राधिकरणले अनावश्यक रुपमा विद्युत लाईन काटेर जनतालाई हैरान बनाएको भन्दै युवा संघले ध्यानाकर्षण गराएको हो ।

प्रदेशको अस्थायी मुकाम धनगढी लगायत विभिन्न जिल्लामा विद्युत अनियमित हुँदा यहाँको जनजीवन प्रभावित भएको भन्दै आफुहरुले जिल्ला प्रशासन कार्यालय कैलालीलाई ध्यानाकर्षण गराएको युवा संघ नेपाल सुदूरपश्चिमका अध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिए । युवा संघका सुदूरपश्चिम अध्यक्ष श्रेष्ठ सहितको टोलीले प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्र भनिएको छ,“ विद्युत लाईन अनावश्यक रुपमा काटिदा तराईका जिल्लामा किसानहरुलाई सिचाई गर्न समस्या भएको, विभिन्न उद्योग, कलकारखाना, लगायत विभिन्न सरकारी तथा गैरसरकारी सेवा कार्यालयहरु मारमा परेको अवस्था छ ।”

यसैगरी विभिन्न कृत्रिम समस्या सृजना गरेर विद्युत प्राधिकरणका कार्यालयहरुले अन्य व्यवसायीबाट मोटो रकम अशुल्ने गरेको व्यापक जनगुनासो आएको हुँदा सो कार्य तत्काल बन्द गर्न युवा संघ नेपाल सरोकारवाला निकायको ध्यानाकर्षण गराउँद छ, जारी ध्यानाकर्षण पत्रमा भनिएको छ ।

यदी सो कार्य नरोकिएको खण्डमा युवा संघ नेपाल चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने संघका सुदूरपश्चिम अध्यक्ष श्रेष्ठले चेतावनी दिएका छन । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार