१० श्रावण २०८१, बिहीबार

जबरजस्ती करणी उद्योग गरेको आरोपमा बैतडीमा एकजना पक्राउ



बैतडी । बैतडीमा एक महिलामाथि जबरजस्तीकरणी उद्योग गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको शिवनाथ गाउँपालिका ४ का रबिन भनिने २३ बर्षीय रविन्द्रबहादुर चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । 

असार १३ गते गोठालोबाट घर फर्किरहेकी २५ बर्षीय महिला महिलामाथि चन्दले जबरजस्तीकरणी गर्न खोजेको आरोप लागेको छ । महिलाका आफन्तले दिएको किटानी जाहेरीको आधारमा चन्दलाई पक्राउ गरि जबरजस्तीकरणी उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान भईरहेको प्रहरी निरीक्षक खड्काले बताए । जिल्ला अदालतबाट म्याद थपेर चन्दमाथि अनुसन्धान भईरहेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार