१५ बैशाख २०८१, शनिबार

सेती प्रयोगशालामा कोरोना परीक्षण शून्य



धनगढी । आइतबार सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस परीक्षण शून्य पाइएको छ।अस्पतालमा कोरोना परीक्षण नै नभएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताएका हुन्।

पछिल्लो २४ घण्टामा अस्पतालबाट २ जना डिस्चार्ज भएका छन् भने थप ३ जना नयाँ संक्रमित भर्ना भएका छन्। हाल अस्पतालमा १५ जना संक्रमित उपचाररत छन्। जसमध्ये २ जना भेन्टिलेटर, ३ जना आईसीयू,१० जना अक्सिजनको सर्पोटरमा उपचाररत छन भने २ जनाको अवस्था भने सामान्य रहेको सूचना अधिकारी श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार