१५ बैशाख २०८१, शनिबार

बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाकोे मृत्यु



 बैतडी। बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाकोे मृत्यु भएको छ ।  जिल्लाको सिगास गाउँपालिका–३ बाट डडेल्धुरातर्फ आउँदै गरेको से१ज ७३९ नम्बर को जीप लगनबजार नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।  

उक्त दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मुत्यु भएको बैतडीका प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालले बताए।

साथै उक्त दुर्घटनामा अन्य १० जना घाइते भएका छन्। अहिले प्रहरी चौकी ठाँटा र प्रहरी चौकी खोडपेबाट खटिएको प्रहरीको टोली घटनास्थल पुगेर घाइतेहरुको उद्दार गरिरहेको छ। घटनाबारे पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार