१६ बैशाख २०८१, आईतवार

सहजपुर–बोगटान सडकको अनुगमन



धनगढी । कैलालीको सहजपुरदेखि डोटीको बोगटान जोड्ने सडकको अनुगमन गरिएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रशाद रिजाल, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक  विश्व अधिकारी लगायतको टोलीले सडकको अनुगमन गरेको हो।

अनुगमन टोलीमै रहेका जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले कैलालीतर्फको १८ किलोमिटर सडकको अनुगमन गरिएको बताए। उनका अनुसार झण्डै ४ किलोमिटरमा हाफ कालोपत्रे भएको छ। कैलालीतर्फको १८ किलोमिटर सडकका लागि झण्डै ७५ करोड बजेट लागत अनुमान गरिएको छ।

सहजपुरदेखि ५० किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का सम्झौता भएको थियो। ५० किलोमिटर सडक कालोपत्रेका लागि २ अर्व ५ करोड बढिमा ठेक्का सम्झौता भएको थियो। २०४२ सालमा शिलन्यास गरिएको सडकको प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि शिलान्यास गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार