११ बैशाख २०८१, मंगलवार

सेती अस्पतालमा थप १९ जनामा कोरोना पुष्टि



धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ९९ नमूना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

हाल अस्पतालमा १८ जना संक्रमित उपचाररत छन्। जसमध्ये ६ जना संक्रमित आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचाररत रहेको सूचना अधिकारी श्रेष्ठले बताए।

पछिल्लो २४ घण्टामा सेती अस्पतालमा १० जना निको भई घर फर्किएका छन् भने ७ जना बिरामी अस्पतामा  भर्ना भएका छन् । पछिल्लो २४ घण्टामा अस्पतामा कसैको पनि मृत्यु नभएको अस्पतालले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार