१० श्रावण २०८१, बिहीबार

अति विपन्न परिवारलाई राहत वितरण



धनगढी । कोभिड–१९ दोश्रो लहरका कारण रोजगार गुमाएका कैलाली र कञ्चपुरका दुई सय १२ विपन्न परिवारलाई राहत वितरण गरिएको छ ।

अमेरिकन हिमालयन फाउण्डेसनको आर्थिक सहयोगमा ग्रामीण स्वास्थ्य शिक्षा गुठी काठमाण्डौंसंगको सहकार्यमा धनगढी महिला बिकास समाजले राहत वितरण गरेको हो ।

कैलालीको धनगढी उप–महानगरपालिका र गोदावरी नगरपालिकाका एक सय १८ र कञ्चनपुरको भीमदत्त नगरपालिका र कृष्णपुर नगरपालिकाका ९४ परिवारलाई राहत वितरण गरिएको महिला बिकास समाज धनगढीकी कार्यक्रम निर्देशक शान्ति शर्माले बताइन् । कोभिड–१९ का कारण जारी निषेध आदेशले रोजगार गुमाएका बेरोजगार, दैनिक ज्याला मजदुरी गर्दै आएका खान समेत समस्या भएकाहरुलाई राहत विरण गरिएको कार्यक्रम निर्देशक शान्ति शर्माले बताइन् ।

उनले प्रति परिवार चामल एक कट्टा, चार किलो दाल, तीन लिटर खाने तेल, नुन एक पोका र चार वटा साबुन वितरण गरेको बताइन् । कोभिड–१९ को पहिलो लहरमा स्थानीय, प्रदेश सरकारले बिपन्न, गरिव, दैनिक ज्यालादारीमा निर्भर भएकालाई खाद्यान्न लगायतको सामाग्री बितरण गरिएको थियो । तर, दोश्रो लहरमा लामो समयदेखि निषेध आदेशका कारण रोजगारी गुमाएका निम्म वर्गिय परिवालाई दैनिक गुजारा चलाउन समेत समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार