१२ फाल्गुन २०८०, शनिबार

सेती प्रयोगशालामा बिहिबार ७५ नमूना परीक्षण गर्दा १९ जनामा कोरोना पुष्टि



धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बिहिबार १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ७५ नमूना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

हाल अस्पतालमा २१ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए । पछिल्लो २४ घण्टामा सेती अस्पतालमा ६ जना निको भई घर फर्किएका छन् भने ७ जना बिरामी अस्पतामा  भर्ना भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । पछिल्लो २४ घण्टामा अस्पतामा कसैको पनि मृत्यु नभएको अस्पतालले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार