धान दिवसमा कैलालीको सडकमा रोपाइँ

धनगढी । धान दिवसका दिन कैलालीको चुरेको सडकमा रोपाइँ गरिएको छ।
चुरे गाउँपालिकाको कार्यालय जोड्ने सडकमा काँग्रेसले रोपाइँ गरेको हो। हिलोका कारण चुरे गाउँपालिकाको कार्यालय रहेको घरखेडासम्म पुग्नै मुस्किल भएको भन्दै काँग्रेसले सडकमा रोपाई गरेको हो। चुरेका अन्य सडकहरु समेत हिलोका कारण आवत–जावतमा समस्या हुने गरेको काँग्रेसले बताएको छ।





