४ बैशाख २०८१, मंगलवार

कैलालीको मसुरिया स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण



कैलाली । गैर आवासीय नेपाली संघ जर्मनीको सहयोगमा कैलालीको मसुरिया स्वास्थ्य चौकीलाई १० लिटर क्षमताको एक  थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ । नेपालमा ‘अक्सिजन पठाऔ, आफन्तको ज्यान बचाऔ’ अभियान अन्तर्गत जिल्लाको गौरीगंगा -९ मा रहेको स्वास्थ्य चौकीमा कन्सट्रेटर सहयोग गरिएको हो ।

स्थानीय बासिन्दा एवं कान्ति मावि पहलमानपुरका सहायक प्रअ कमल तिमिल्सिनाको समन्वयमा वडा नं ९ का अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद तिवारीलाई हस्तान्तरण गरिएको छ ।  

कन्सन्ट्रेटर बुझ्दै वडा अध्यक्ष तिवारीले सहयोगमा गर्ने संघ संस्थाहरुलाई आभार प्रकट गर्दै आगामी दिनहरुमा सबैको थप साथ सहयोग र साझा प्रयासबाट मसुरिया स्वास्थ्य चौकीबाट सहज स्वास्थ्य सेवा प्रदान गर्न सकिने विश्वास व्यक्त गरे ।  

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार