१५ बैशाख २०८१, शनिबार

सोमबार सेती प्रयोगशालामा ८४ नमूना परीक्षण गर्दा १८ जनामा कोरोना पुष्टि



धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ८४ नमूना परीक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार धनगढीका ८ जना र कैलाली ९ जना र अन्य जिल्लाका १ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । हाल अस्पतालमा १५  जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।

जसमध्ये  २ जना भेन्टिलेटर ५ जना आइसियूमा, ८ जना अक्सिजन सपोर्टमा उपचाररत छन्  पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट ६ जना कोरोना जितेर घर फर्किएका छन भने ३ जना अस्पताल भर्ना भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । पछिल्लो २४ घण्टामा अस्पतामा कसैको पनि मृत्यु नभएको अस्पतालले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार