१३ बैशाख २०८१, बिहीबार

सेती अस्पतालले माग्यो ७ जना विशेषज्ञ चिकित्सक



धनगढी । सेती प्रादेशिक अस्पतालले सात जना नवौँ तहका चिकित्सक माग गरेको छ। अस्पतालले सोमवार सेवा करारका लागि एक सूचना जारी गर्दै सात जना विशेषज्ञ चिकित्सक मागेको हो।

अस्पतालले गाइनोकोलोजिष्ट दुई जना, पेडियाट्रिसियन दुई जना, मुटुरोग विशेषज्ञ, मानसिक रोग विशेषज्ञ र नेफ्रोलोजिष्ट एक÷एक जना मागेको छ। सात दिनभित्र अस्पतालको प्रशासन शाखामा दरखास्त पेश गर्न सूचनामा आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार