२ जेष्ठ २०८१, बुधबार

प्रशासनीक अधिकारीहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण



धनगढी । सुदूरपश्चिम घर भई अष्टे«लियामा कार्यरत नेपालीहरुले सुदूरपश्चिमका चार जिल्ला प्रशासन कार्यालयहरुलाई स्वास्थ्य सामग्री पठाएका छन् ।

कैलालीमा केन्द्रिय कार्यालय रहेको विकासमा सिर्जनसिलता नेपाल (सिआईडी नेपाल) मार्फत अढाई लाख रुपैयाँ मूल्यको स्वास्थ्य सामग्री पठाइएको बताइएको छ ।

सिआईडी नेपालका अध्यक्ष डिल्लीराज भट्टका अनुसार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राजकुमार महतो, बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी र डोटीका प्रमुख जिल्ला अधिकारी सुनील खनाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयहरुलाई मास्क, सेनिटाईजर, पल्स अक्सोमिटर लगायतका सामग्री सहयोग प्रदान गरिएको उनले बताए ।
अष्ट्रेलियामा रहेको सुदूरपश्चिम नेपाली समाज भिक्टोरियाका उपाध्यक्ष प्रेमराज उप्रेतीले जन्मस्थानका लागि सानो भए पनि सहयोग जुटाइएको बताए ।

जिल्ला प्रशासन कार्यालयहरुलाई २७ हजार थान सर्जिकल मास्क, तीन सय थान सेनिटाईजर, एक हजार क्याप, चारसय २० थान केएन ९५ मास्क र ४० थान पल्स अक्सोमिटर वितरण गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार