१० श्रावण २०८१, बिहीबार

दोधारा चाँदनीले ल्यायो छोरीलाई सम्मान हुने गरी प्रोत्साहन गर्ने नीति



कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले छोरीलाई सम्मान हुने गरी प्रोत्साहन गर्ने नीति ल्याएको छ।नगरपालिकाको सातौँ नगर सभाबाट स्वास्थ्य संस्थामा छोरी जन्मिएपछि बैंक खाता खोलेर नगद रकम दिइने नीति तथा कार्यक्रम ल्याएको हो। स्वास्थ्य संस्थामा छोरी जन्मिए नगरपालिकाले नाममा खाता खोलेर तीन हजार रकम जम्मा गर्ने व्यवस्था गरिएको छ।

नगर उपप्रमुख चिनी गिरीले छोरी जन्माउने दम्पत्तिलाई प्रोत्साहन स्वरुप उक्त कार्यक्रम ल्याईएको बताइन्। उनका अनुसार भानु माध्यमिक विद्यालयमा पढ्ने तथा प्राविधिक शिक्षा पढ्ने छात्रालाई पनि छात्रवृत्ति दिन बजेट विनियोजन गरिएको छ।

हिंसा पीडित महिलाका र दशनामी तथा सन्यासी सामुदायका लागि पनि सामुदायिक भवन बनाउन बजेट विनियोजन गरिएको छ। नगरपालिकाले आगमी आर्थिक वर्षका लागि ६२ करोड १५ लाख १३ हजार बजेट ल्याएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले बताए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार